समितिको निष्कर्ष
रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेको देखिएन
२०८१ भदौ ३१ गते

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।
छानबिन विशेष समितिले रास्वपाका सभापति तथा तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्धक रवि लामिछानेले सहकारीको रकम अपचलन नगरेको निष्कर्ष निकालेको छ ।
यद्यपि लामिछानेले सहकारीमा आएको रकम भने चलाएका थिए । लामिछानेले कर्मचारीको तलब लगायतका कार्यालय सञ्चालनमा उक्त रकम खर्च गरेको बताइएको छ ।
समितिका एक सदस्यका अनुसार लामिछानेले रकम अपचलन नगरेको पाइएको हो ।
सहकारीमा आएको रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको देखिए पनि सहकारीबाट रकम ल्याउने प्रक्रियामा भने उनि सहभागी नभएको पाइएको समितिका एक सदस्यले बताए ।
२०८१ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








