क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने
२०८१ भदौ ३० गते

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन् ।
महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा सोमबार क्यानडा जाने बताइएको छ ।
क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको बैठक हुँदैछ । बैठकलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री राणा क्यानडा जान लागेकी हुन् ।
उनी क्यानडाबाट संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानेछिन् ।
२०८१ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








