सरकारले जनतामा आशा जगाउने काम गरेको छ : महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गरेका छन् ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उन यस्तो दाबी गरेका हुन् । महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको उल्लेख गर्दै उनले सरकारको कामलाई व्यवस्थित गर्नका लागि आफूहरुले कार्यदल बनाएर न्युनतम साझा कार्यक्रम तयारीको कामलाई अघि बढाएको पनि बताए ।

‘सरकारको कामको समिक्षाको समय शुरु भएको छैन । यद्यपि सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ । र सरकारको कामलाई प्रभावकारी बनाउने सन्दर्भमा र खासगरी सत्ता पक्षमा रहेका राजनीतिक दलहरुको बीचको सहकार्यलाई अझ घनिष्ट बनाउने हिसावले संसद र सरकार दुवैलाई प्रभावकारी बनाउने हिसावले सत्तामा रहेका राजनीतिक दलहरुको बीचमा छलफल पनि आरम्भ भएको छ । र त्यसका आधारमा भविष्यलाई कामलाई अझ प्रभावकारी बनाउने काम गर्नेछौं । अर्कोतर्फ प्रमुख पार्टीहरुको बीचमा कमन मिनिमम प्रोग्राम तयार गरेर कामलाई व्यवस्थित गर्ने खालको योजना बनेको छ । त्यस अन्तर्गत कार्यदल बनाएर काम अगाडि बढेको कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु,’महासचिव पोखरेलले भने ।

फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =