विश्वकर्मा र नवदुर्गा पूजाका लागि तयार गरिँदै ‘भगवान्’ (तस्बिरहरू)
मकालु खबर
२०८१ भदौ २६ गते
काठमाडौँ । कुपण्डोल गुसिङ्गालका कालिगडहरू विश्वकर्मा र नवदुर्गाका प्रतिमूर्तिहरू बनाउन व्यस्त भएका छन् । उनीहरू नजिकिँदै गरेको विश्वकर्मा पूजा र नवदुर्गा पूजाको भगवान्का मूर्तिहरू बनाउन व्यस्त भएका हुन् ।
यहाँ आकार र प्रकारअनुसार ४ हजार देखि १० हजार सम्मका प्रतिमूर्तिहरू छन् ।
नेपालमा हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपरण र औजारहरूको पूजा गरेर विश्वकर्मा पूजा मनाउने गर्दछन् ।
उक्त दिनको लागि यी प्रतिमूर्तिहरू प्रयोजनमा आउँछन् ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८१ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित