देउवाले बोलाए पदाधिकारी बैठक, एजेण्डामा इन्दिरा
मकालु खबर
२०८१ भदौ २६ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयमा छलफल गर्ने देउवाले बैठक बोलाएका हुन् ।
बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको धारणा बुझ्न खोजेको बताइएको छ ।
राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दबाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरूले आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए । रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरूको आरोप छ ।
मकालु खबर
२०८१ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित