कोशी प्रदेशका पूर्वमुख्यमन्त्री प्रहरी नियन्त्रणमा
मकालु खबर
२०८१ भदौ २५ गते
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले अनशन स्थलबाटै मंगलबार उनलाई निण्न्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । कार्की भने प्रदेश सरकारसँग १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए ।
प्रहरीले कार्कीलाई नियन्त्रणमा लिँदा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडप समेत भएको छ । पूर्वमख्यमन्त्री कार्कीका समर्थकले सुरक्षाकर्मीलाई ढुंगामुडा गरेका थिए भने सुरक्षाकर्मीले लाट्ठी चार्ज गरेको थियो ।
झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् ।
मकालु खबर
२०८१ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित