जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔँ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् ।

उनले अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिस खोल्न समेत प्रधानमन्त्रीलाई आग्रह गरे । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको क्रममा अमेरिकाको टेक्सास शहरमा कन्सुलर अफिसको स्थापना गरेर आउन शाहीले आग्रह गरेका हुन् ।

सो शहरमा नेपालीहरुको धेरै बसोबास भएपनि कन्सुलर अफिस नहुँदा समस्या परिरहेको बताए । उनले अमेरिकास्थित नेपाली राजदुतावासको कार्यालय सानो तर राजदुतको आवासिय भवन ठूलो भएको भन्दै यी भवनहरु पनि साटफेर गर्न आग्रह गरे ।

उनले भने, ‘६६ वर्ष अगाडीको राजदुतावासको जमिन र आजको जमिन नेपाली राजदुतावासमा होइन कि कसैको क्यान्टिनमा गएजस्तो बिल्डिङ बनाएका छन् । राजदुत बस्ने घर ठुलै छ । राजदुतावास सानै छ । म यो संसदमार्फत् प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई के अपील गर्न चाहान्छु भने राजदुत बस्ने घर चाहीँ राजदुतावास बनाइदिनुस् । राजदुतावास भएको घर चाहीँ राजदुत बसाइदिनुस् । यो गर्‍यो भने नेपालीको मान, सम्मान, इज्जत बढ्छ । टेक्सासमा कन्सुलर अफिस खोल्न पनि आग्रह ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =