‘उपसभामुखको अपमान भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उनलाई अपमान गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत हुँदैन भने । ‘एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप पनि छैन’, उनले भने ।

‘उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो तर संसद्मा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ,’ सांसद पौडेलले भने, ‘सामाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।’

सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गरे । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =