आवासीय चिकित्सकहरुमाथिको श्रम शोषण अन्त्य गर्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकहरुमाथि गरिरहेको श्रम शोषण अन्त्य गर्नुपर्ने बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले नीजि मेडिकल कलेजहरुले आवासीय चिकित्सकहरुमाथि श्रम शोषण र अत्याचार गरिरहेका बताएकी हुन् ।

उनले ७२ घण्टासम्म निरन्तर श्रममा लगाउनेसम्मको अवस्था रहेको भन्दै श्रम शोषणको अन्त्य गर्न आग्रह गरिन् । उनले सरकारी मेडिकल कलेजहरुले भर्ना शुल्क २२ लाख रुपैयाँ मात्र लिएपनि नीजि मेडिकल कलेजहरुले भने त्योभन्दा बढी शुल्क लिइरहेका भन्दै आफुहरुले त्यसरी माफियाकरण हुन नदिने चेतावनी दिइन् ।

उनले भर्ना शुल्क २२ लाख रुपैयाँबाट क्रमशः घटाउँदै निःशुल्क बनाउन समेत माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =