रास्वपाको चेतावनी- उपसभामुखलाई पदबाट हटाए सरकार ढालिदिन्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिए ।

उनले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । प्रमुख सचेतक परियारले सत्तारुढ दलहरुले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताए ।

उनले भने,हामीले खवर मात्रै सुनेका छौं । तपाईहरुका फोटो पनि बग्रेल्ती आएका छन । समाचारहरु पनि आएका छन । संख्यामा नाउमा मात्रै, शक्तिको आडमा मात्रै यो राज्य चल्छ । र यो राज्यमा जे पनि गर्न सकिन्छ भन्ने तपाईहरुको बुझाई हो भने म एकचोटी विनम्रताका साथ अनुरोध गर्न चाहन्छु–जनताको सार्वभौमसत्ताको अगाडि कुनैपनि सत्ता टिकेको छैन, टिक्ने छैन भन्न चाहन्छु । ’

आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उनको भनाई छ । प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लने दाबी समेत गरे ।

‘के नेपाली लोकतन्त्र यति कमजोर हो ? के नेपाली लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो ? के राजनीतिक पार्टीहरु कुन संस्थालाई कसरी निकम्मा बनाउने, कुन राजनीतिक पार्टीसँग कसरी द्धेष साँध्ने भनेर सल्लाह गर्ने हो ?,यो कुनै सल्लाह गर्ने कुरा होइन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने हामीलाई विश्वास छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास छ–तमाम नेपाली जनताहरु लोकतन्त्रको लागि सडकमा ओर्लने छन । र राजनीतिक पार्टीहरुका विरुद्ध आन्दोलन गर्नेछन्,उनले भने,‘आज सम्मानित पदलाई परिषद्मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने राजनीतिक पार्टीहरु गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्–राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, यो देशले एउटता सम्मानित पद गुमाउला । तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधै लडनेछ । जनताको पक्षमा लडनेछ ।’

प्रमुख सचेतक परियारले लोकतन्त्रमा सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रमण सरकारले पाल्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =