‘नेपाल विश्वविद्यालय विधेयक,२०८१’ प्रतिनिधि सभाबाट पारित

काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव  बहुमतले पारित भएको हो ।

विधेयकमा सो विश्वविद्यालयको कार्यालय काठमाडौं उपत्यका बाहिर राख्ने उल्लेख गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक भाद्र २५ गते  मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =