कांग्रेस नेता खड्काको आग्रह- सरकारले पीडित जनतालाई यथाशीघ्र राहत दिनुपर्छ

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनताका वर्तमान आवश्यकता पूर्तिका लागि चिन्तित र संवेदनशील भएर काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जनता विद्रोहको चरणमा पुगिसकेको उल्लेख गर्दै उनीहरूलाई बर्सातका कारण भएको क्षतिको तत्काल राहत दिने व्यवस्था नगर्ने हो भने त्यसले मुलुकमा भयावह अवस्था ल्याउने दाबी समेत गरे । नेता खडकाले जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने त्यसले जनविद्रोहलाई जन्माउने भएकाले त्यसतर्फ समेत भएर अघि बढ्नुपर्ने पनि बताए ।

उनले उदयपुर जिल्लामा त्रियुगा नदीले बस्तीको नागरिकलाई विस्थापित गराएकाले उनीहरूलाई सुरक्षित बस्तीमा स्थानान्तरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने ‘म यस अवसरमा त्रियुगा नदीले त्यहाँको जनतालाई बिचल्ली बनाएको छ । यस अवसरमा म प्रधानमन्त्रीजी, सम्बन्धित मन्त्रीहरू गृहमन्त्रीजी र त्यस अन्तर्गतको निकायहरू हार्दिक अनुरोध गर्न चाहन्छु कि जनताको आवश्यकताप्रति अत्यन्तै चिन्तित र संवेदनशील भएर यथाशीघ्र के गर्न सकिन्छ ? त्यो काम गर्नका निमित्त म सम्माननीय सभामुखमार्फत हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु । जनताको संवेदनशीलताप्रति सरकार उदासीन भयो भने अहिले हामीले देखिराखेका छौ–जनतामा भएको व्यापक निराशा जो विद्रोहको चरणमा पुगिसकेको जनतालाई यस प्रकारले हामीले राहत दिने व्यवस्था गर्न सकेनौँ भने त्यो राष्ट्रका लागि हितकर हुनेछैन ।’

नेता खड्काले जनताप्रति सरकारले उदासीनता देखाउन नहुने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =