मन्त्री भएपछि पहिलोपटक गृह जिल्लामा ऊर्जामन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला आएका हुन् ।

उनलाई सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गरेका छन् ।

स्थानीय वेषभूषामा सजिएका पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुगेका छन् ।

मन्त्री खड्काले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =