प्रतिनिधि सभा बैठक भोली बस्दै,यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । संसद सचिवालयले भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसुचि सार्वजनिक गरेको छ ।

कानुन न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१” पेश गर्ने सम्भावित कार्यसुचि रहेको छ ।

त्यस्तै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले राष्ट्रिय सभामा उत्पत्ति भएको “शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्”भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

प्रतिनिध सभा बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसुची

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =