समाजवादीमा पराजित भएपछि ओली भेट्न बालुवाटार पुगेकी थिइन् रामकुमारी

काठमाडौं । नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसहितका नेताहरूले एमालेमा फर्किने तयारी गरेका छन् ।

नेकपा समाजवादीमा रामकुमारी पराजित भएपछि उनको टिम नै एमालेमा फर्किने तयारी गरेको हो ।

त्यसको छनक रामकुमारीका पछिल्ला गतिविधिले पनि देखाइरहेको छ । बालेन र एमालेको डिजिटल वारमा रामकुमारीले एमालेलाई समर्थन गरिन् । त्यसपछि उनी एमालेमा फर्किन सक्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

विगतमा ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक एमाले र ओलीको समर्थनमा उत्रिएपछि त्यस्तो आङ्कलन गर्नु स्वाभाविक नै हो । तर, रामकुमारीले एमालेमा फर्किनका लागि आफ्ना नजिकका नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ ।

यति मात्रै होइन, नेकपा एसको उपाध्यक्षमा पराजित भएपछि रामकुमारीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेटेको खुलासा भएको छ ।

भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथमा लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेकी थिइन् ।

भेटमा उनले समाजवादीका केही सांसद र नेताहरू नै एमालेमा फर्किन चाहेको सुनाएको एमाले स्रोतले जानकारी दियो ।

जवाफमा ओलीले एमालेमा आउने सबैलाई स्वागत र उपयुक्त जिम्मेवारी दिने बचन दिएका थिए । उनले आउने जति सबैलाई लिने जवाफ दिएपछि रामकुमारी थप परामर्श गर्ने भन्दै बालुवाटारबाट बाहिरिएको एमाले स्रोत बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =