बाढीले बाइक-स्कुटर बगाउँदा ३ युवकले गुमाए ज्यान
२०८१ भदौ २१ गते

फाइल फोटो
काठमाडौं । बागलुङको बागलुङ नगरपालिका-५ को बान्द्रेमा बाढीले बगाएर बागलुङमा तीन युवकको मृत्यु भएको छ । अविरल झरी र मध्यरातमा आएको बाढीले ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाउँदा स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, स्थानीय २२ वर्षीय अविवेक रेग्मी र २० वर्षीय कमल सापकोटाको मृत्यु भएको हो ।
बाढीले बगाएर तीन सय मिटर तल उनीहरूको शव भेटिएको थियो । दुई जनाको शव राति नै भेटिए पनि २० वर्षीय सापकोटाको शव शुक्रबार बिहानमात्रै भेटिएको हो । स्थानीयवासी र प्रहरी टोली खोजीमा सक्रिय थिए ।
बिहीबार बेलुकी ७ बजेदेखि निरन्तर वर्षा भएकोले उद्धारमा कठिनाइ भएको पौडेलले प्रहरी निरीक्षक प्रताप पौडेलकाले जानकारी दिए । शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।
२०८१ भदौ २१ गते
प्रतिक्रिया








