जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीहरूले गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाइ वामपन्थीहरूले गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यी मुद्दाहरू उठाउने कामको अगुवाइ वामपन्थीहरूले गरेको बताए ।

उनले जलवायु संकटका एकमात्र कारकहरू दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू रहेको बताए । उनले अहिले श्रमिकहरू झनै संकटमा परिरहेको बताए ।

उनले भने ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरूले, समाजवादीहरूले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवायु संकटको तहमा पुगेका छौँ । त्यसले ढोका ढकढक्याउन थालेको छ । त्यो मुद्दाहरूको अगुवाइ हामी वामपन्थीहरूले गर्नुपर्छ । किनभने जलवायु संकटका एकमात्र कारकहरू भनेका दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरू हुन् । श्रमिकहरू झनझन संकटमा पर्न थालेका छन् । जुन हिसाबले उत्पादनका ढाँचाहरू बदलिएका छन्, त्यो स्थितिभित्र हिजोको सङ्गठित श्रम कमजोर हुँदै गएर मान्छेका आउटसोर्समाध्यमबाट, अरु विभिन्न ढंगले, प्रविधिमा लिड गर्ने कुराहरू छन् ।’

उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताए । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरूले लिनुपर्ने बताए । उनले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =