२४ घण्टामा प्रधानमन्त्रीका ७६ हजार फलोअर्स घटे
२०८१ भदौ १९ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका फेसबुक फलोअर्स घट्ने क्रम जारी छ ।
पछिल्लो २४ घण्टामा मात्रै प्रधानमन्त्री ओलीका ७६ हजार बढी फेसबुक फलोअर्स घटेका छन् ।
मङ्गलवार सम्म प्रधानमन्त्री ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए । बुधवार दिउसो साढे ४ बजेसम्म उक्त संख्या घटेर ५ लाख ९० हजारमा पुगेको छ ।
प्रधानमन्त्री ओलीलाई काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहका समर्थकले अनफलो गर्ने अभियान नै चलाएका छन् ।
२०८१ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








