ओलीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकविरुद्ध मुद्दा दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई मुद्दा चलाइएको छ ।

बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध प्रहरीले साइबर अपराधको मुद्दा चलाएको हो ।

फेसबुकमा आलोचना गरेकै आधारमा रावलविरुद्ध मुद्दा चलाइने भएको हो ।

गत ३२ साउनमा पक्राउ परेका उनी मंगलबार धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको हो ।

उनले फेसबुकमा प्रधानमन्त्री ओलीको फोटो राखेर ‘यही हो देश लुट्ने, सही हो कि गलत साथीहरू भन्दै परराष्ट्र मन्त्री आरजु राणासँग फोटो जोडेर भ्रष्टाचारकी कुलदेवी, भ्रष्टाचारका महादेव’ भनेर लेखेका थिए ।

उनले लेखेको स्टाटसविरुद्ध अजित कुमार लामाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि प्रहरीले सार्वजनिक घृणा फैलाउने काम गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।

रावल सिन्धुपाल्चोकको बाह्रबिसे स्थित किस्टोन अस्पतालका कर्मचारी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =