मन्त्रालयको काम रोजगारी दिने होइन,रोजगारीको वातावरण बनाउने हो : श्रम मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको बताएका छन् ।मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले मन्त्रालयले रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको बताए ।

मन्त्री भण्डारीले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताए । मन्त्री भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताए । उनले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागि रहेको बताए ।

मन्त्री भण्डारीले मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गर्नुभयो । उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताए ।

उनले भने,‘राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्था गर्ने । प्रष्तिठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने । सातै प्रदेशका तालिम केन्द्रहरुलाई स्थानीय रोजगार केन्द्रसँग समन्वय गरेर सबै तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याएर मुलुकलाई आवश्यक जनशक्ति उत्पादनमा लाग्छौं । रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने काम गर्छौं । यस्तो गर्दा मुलुकमा धेरै रोजगारीको अवसर हुन्छन् । रोजगार दिने काम श्रम मन्त्रालयको होइन । रोजगारीको लागि वातावरण बनाउने काम हो । आन्तरिक रोजगारीको लागि सरकारले पनि रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काममा लागेका छौं । अभियानको रुपमा सरकारले लिएर गएको छ । आगामी दशक आन्तरिक रोजगार दशकको रुपमा अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको छ । मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै हो । वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याएर पुनः एकीकरण गर्ने हिसावमा वैदेशिक रोजगारीमा जाँदा युवाहरुले सिकेको सिपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना छ ।’

उनले राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने बताए ।

उनले प्रतिष्ठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने योजना रहेको बताए । रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने र मुलुकमा धेरै रोजगारी सिर्जना गरिने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =