एमाले पोलिट्ब्युरो बैठक आजबाट, यस्ता छन् एजेण्डा
२०८१ भदौ १८ गते

काठमाडौंं । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आजबाट सुरू हुँदैछ । दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्न लागेको हो ।
एमालेको पोलिट्ब्युरो बुधबारसम्म चल्नेछ । पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुनेछ ।
कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन् । एमालेले बाँकी रहेका ११ वटा र एउटा विशेष जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ।
२०८१ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








