महामन्त्री भएर काम गर्न पाउनुपर्ने मागसहित मुकुलले दिए रास्वपामा पुनरावेदन
२०८१ भदौ १६ गते

काठमाडौं । डा. मुकुल ढकालले रास्वपामा साबिककै पदीय हैसियतमा रही काम गर्न पाउनुपर्ने मागसहित पार्टीमा पुनरावेदन दिएका छन् ।
रास्वपाको महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध मुकुलले पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका हुन् । रास्वपाले मुकुललाई साधारण सदस्यबाट समेत हटाएको छ ।
ढकालले विवेचित तथ्य, कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन् ।
२०८१ भदौ १६ गते
प्रतिक्रिया
सम्बन्धित








