संशोधित नियमावलीअनुसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग

काठमाडौं । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली २०७४ अुनसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार जारी गरेको संयुक्त विज्ञप्तिमा संशोधन गरेको नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ ।

“संशोधन भएको नियमावली अभिलम्भ खारेज हुनुपर्नेमा प्रतिबद्ध हुँदै पश्चगामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी एवं गैरन्यायिक संशोधित उक्त नियमावली तत्काल खारेज गर्नुपर्छ”, विज्ञप्तिमा भनिएको छ, “उक्त नियमावली खारेज नभएसम्म बार कडा आन्दोलमा उत्रिन्छ ।”

बारले सुर्खेतमा सम्पन्न वार्षिक साधारणसभा तथा चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठक र काठमाडौँमा भएको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०८१ ले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै अविलम्ब खारेज गर्न प्रधानन्यायाधीश र प्रधानमन्त्रीसमेतलाई ध्यानाकर्षण गराईसकेको छ ।

न्याय परिषद्ले न्याय परिषद् नियमावली २०७४ लाई संशोधन गर्दै मुख्य रजिष्ट्रार न्यायाधीशमा नियुक्त हुँदा स्वतः मुख्यपछिको वरियता पाउने व्यवस्था गरेपछि बारले उक्त व्यवस्था खारेज गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =