काठमाडौंको शङ्खमूलमा घाइते अवस्थामा भेटिएका बान्तवाको मृत्यु
२०८१ भदौ १० गते

फाइल तस्वीर ।
काठमाडौं । काठमाडौंको शङ्खमूलमा आफ्नै स्नुकर हाउस तथा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका सञ्चालक रुपक बान्तवाको सोमबार मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१० शङ्खमूलस्थित बागमती कोरिडोर सुकुम्वासी बस्तीमा रहेको ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’का सञ्चालक बान्तवाको मृत्यु भएको जिल्ला पहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
अधिकारीका अनुसार बान्तवा आज बिहान करिब २ बजेको समयमा खाजा घरको सोफामा घाइते अवस्थामा भेटिएका थिए । उक्त जानकारी प्राप्त हुने बित्तिकै घटनास्थल पुगेर प्रहरीले उद्धार गरी उपचारका लागि सिभिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ भदौ १० गते
प्रतिक्रिया








