संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताएका छन् ।

उनले गणतन्त्र र सविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताए । उनले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरुको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताए ।

उनले जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताए ।

उनले भने– ‘यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र, यो संविधान, यसको रक्षा, कार्यान्वयन, यसको पक्षमा स्पष्ट र दृढ छ । यसको कार्यान्वयन भनेको यसको मर्मको कार्यान्वयन जनताको पक्षमा, देशको पक्षमा, राष्ट्रिय हितहरुको रक्षा र जनताका समस्याहरुको समाधान, जनताका अधिकारहरुको सुरक्षा । यि कुराहरु गर्दै अगाडी जाने हो ।’

प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताए ।

उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =