फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो
२०८१ भदौ ३ गते

जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको हो।
नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरको हो।
टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पुर्याएको थियो।
२०८१ भदौ ३ गते
प्रतिक्रिया








