भूकम्पले घर भत्किएर टहरामा बसेकामाथि पहिरो खस्यो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । जाजरकोटको नलगाडमा पहिरोले अस्थायी टहरो पुरिँदा तीन जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका-२ माझगाउँमा गएराति गएको पहिरोले टहरो पुरिँ तीन जनाको मृत्यु भएको हो ।

पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर खत्रीले बताए । उनका अनुसार भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =