गीतादेवी बनिन् माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल चयन भएकी छन् । मंगलबार बसेको संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ । यसअघि माओवादीको प्रमुख सचेतकमा मान बहादुर धामी रहेका थिए । उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =