योग्यताअनुसार व्यवहार गर्न जान्नुपर्छ : अध्यक्ष बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गरे ।

उनले पदअनुसारको व्यवहार गर्न जान्नसके मात्रै सफल भइने बताए । उनले जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न सुझाव दिए ।

उनले भने– ‘हामी आफ्नो ठाउँअनुसार, पदअनुसार,योग्यताअनुसार ठाउँमा बस्नुपर्छ । त्यो न शिष्टाचार हो । पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ । जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ । जुन विषयमा कमजोर छौँ त्यसमा बढी जोड दिनुर्पछ । संघर्ष गरिरहनु पर्छ ।’

अध्यक्ष बिजुक्छेले संघर्षलाई कहिल्यै पनि छोड्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *