होटेल बसेरामा एमाले सचिवालय बैठक जारी
मकालु खबर
२०८१ साउन १७ गते
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
बैठक हनुमानस्थान स्थित होटेल बसेरामा भइरहेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार मंगलबार रातिकोको वर्षातले च्यासल पार्टी कार्यालयमा पानी भरिएकाले बैठक होटेलमा बसेको हो ।
बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । एमालेले २०८१ को कार्ययोजना लागू गर्दैछ ।
एमालेले पार्टीका जिल्ला इन्चार्ज र २२ वटा विभागका प्रमुख, उपप्रमुखहरू परिवर्तन गर्ने तयारी गरेको छ ।
यसअघि फरक जिल्ला कार्यक्षेत्र हुने गरी तोकिएको कार्यविभाजन यसपटक परिवर्तन हुने एमालेले जनाएको छ ।
मकालु खबर
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित