भ्रष्टाचार गर्दैनौं,सहँदैनौं र कसैलाई गर्न दिँदैनौं : प्रधानमन्त्री ओली
मकालु खबर
२०८१ साउन ६ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नसदिने बताएका छन् ।
आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताए ।
उनले कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताए ।
उनले भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताए । उनले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताए ।
उनले जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने बताए । उनले सुशानको लागि स्टण्ड नभएर सही विचार चाहिने बताए ।
उनले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताए ।
मकालु खबर
२०८१ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित