ओलीले विश्वासको मत लिनुअघि प्रचण्ड र माधव छलफलमा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि दुई नेताहरूबिच सिंहदरबारमा छलफल भएको हो ।

माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा संसद बैठकमा आजको रणनीति र प्रधानमन्त्री ओलीको विश्वासको मतबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई माओवादीसहित रास्वपा, राप्रपा र नेकपा एसले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *