नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले दुःख पाइरहेको छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र) लाई घुस खान सिकाएको टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट काँग्रेस—एमालेले घुस खान सिकेको बताए । काँग्रेस र एमाले दुवै राजनीतिक दलहरू मिलेर माओवादीलाई घुस खान सिकाएको उनको भनाइ थियो ।

उनले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताए । उनले राजनीतिक दलहरूले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताए ।

उनले भने ‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । काँग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर काँग्रेसबाट सिक्यौँ । उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ । काँग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ । हामीले आफू जस्तै बनायौँ । यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ । काम राज्य दोहनकै गर्‍यौँ ।’

उनले (माओवादी केन्द्र) ले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *