उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदुत सङबीच शिष्टाचार भेट
२०८१ साउन ३ गते

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबीच भेटवर्ता भएको हो । भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ । चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदुतले बताए ।
भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबीचको सम्बन्ध बिस्तार गर्दै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गरे ।
२०८१ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








