त्रिशूलीमा बेपत्ता भएकाहरूको आफन्तलाई नि:शुल्क खाना र बास
२०८१ असार ३१ गते

फाइल तस्बिर
काठमाडौँ । चितवनको सिमलतालमा गत शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको आफन्तलाई निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई निःशुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिए ।
उक्त विज्ञप्तिमा स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

२०८१ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








