प्रधानमन्त्री ओलीले गरे शहीदको सालिकमा माल्यार्पण (भिडिओ)

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै लैनचौर पुगेका उनले शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।

प्रधानमन्त्री ओली शीतल निवासमा आयोजित शपथ समारोहबाट सिधै लैनचौर गएका थिए ।

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि शहीद स्मारक पुगेर शहीदको शालिकमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरेका थिए । नवनियुक्त मन्त्रीहरूले आज नै पदभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =