न्युरोडमा फुटपाथ बढाउने बाटो खुल्यो, अदालतले दियो काठमाडौँ महानगरका पक्षमा आदेश

काठमाडौँ महानगरपालिकालाई न्युरोडमा सडक पेटी बढाउने बाटो खुलेको छ।

यसअघि नै काठमाडौं महानगरपालिकाले काम अगाडी बढाएको भएपनि सडक डिभिजन कार्यालयले अवरोध गरेको थियो। अवरोधपछि रोकिएको काम पुनः सुरु गर्न उच्च अदालत पाटनले बाटो खोलिदिएको हो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाले माग गरेबमोजिम अन्तरिम आदेश जारी गरेको हो।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको वडा नं २२, २३ र २४ अन्तर्गत पर्ने न्युरोड बजार क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट फुटपाथ विस्तार गर्ने योजना थियो।

तर सडक डिभिजन कार्यालयले २०८१ जेठ १२ गतेबाट अवरोध सृजना गरेपछि सडक पेटी निर्माण गर्न रोकिएको थियो।

सुरुमा पत्राचार गरेको सडकले पछि भौतिक रुपमै हस्तक्षेप गरेर अवरोध गरेको थियो। यसपछि जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

अदालतले आइतबार दिएको आदेशमा भनिएको छ, ‘संविधानको व्यवस्था, कानुनका प्रावधान, सडक नीति र मापदण्ड समेतलाई दृष्टिगत गर्दा निवेदक महानगरपालिकाले सञ्चालन गर्न लागेको फुटपाथ ९सडक पेटी० विस्तार सम्बन्धी योजना सञ्चालन एवं सम्पन्न गर्न रोक लगाउने गरी विपक्षी सडक डिभिजन कार्यालय काठमाडौँबाट निवेदक काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयका नाममा प्रेषित गरेको मिति २०८१/०२/१३ च। नं १८०८ र मिति २०८१/०२/१६ को च नं १८३० को पत्र प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =