च्यासलमा एमाले सचिवालय बैठक, के गर्ला निर्णय ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि सारिएको थियो ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही १७ असारको मध्यराति भएको नेपाली कांग्रेससँगको सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *