पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री दाहालको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री दाहाललाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।

उनले भने ‘अहिले संसदमा र बाहिर कस्तो धुन सुन्न थालिएको छ भने–यी दुई वटा ठूला पार्टी मिलेपछि नेपाल अव सबै क्षेत्रमा मुक्त हुनेवाला छ । यस्ता स्वर बाहिरतिर पनि सुनिन्छ । भित्र पनि सुनिन्छ । नेपालमा बहुदलीय व्यवस्था आएपछि म सधैँ यी ठूला पार्टीहरूसँगै छु । त्यसकारण मैले सुरुमै भनेको थिए–यदि तपाईँहरू संसदीय व्यवस्था मान्ने भएको भए ठूलो पार्टीले चाहिँ नेतृत्व नगरेर साना पार्टीलाई किन दिनुभयो भनेर मैले त्यतिबैलै कुरा उठाएको थिए । अहिले वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो बुझ्नु भएन । अब यसो भन्दाखेरि नराम्रो लाग्ला । तपाईँले चाहिँ कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानीलकण्ठ पुग्नु भयो ? यसरी चल्छ राजनीति ? तपाई ५ वर्ष सरकारमा राख्न संसद भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईँले बल्ल भोग्नु भयो । तपाईँहरूको मन्त्रीमण्डल गठन हुँदै तपाई भन्दा ठूलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन रु त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनु भएको छ । अब दुई वटा ठूलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’

अध्यक्ष केसीले काँग्रेस एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे । दुवै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =