अदालतको गेटमा अचम्मको दृश्य

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ । आइतबार मध्यान्ह काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको भन्दै जाहेरी परेको हो ।

त्यहाँ बर्दीमा रहेका प्रहरी र कानुन व्यवसायीको औपचारिक पोसाकमा रहेकी थापाबीच विवाद भएको थियो । आइतबार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी थापाले आफूलाई गालीगलौजसँगै हातपातसमेत गरेको प्रहरी जवान जीवन छिनालको आरोप छ ।

आफ्ना क्लाइन्ट लिएर अदालतमा प्रवेश गर्न लागेकी थापालाई आफूले रोकेको त्यसैलाई लिएर गालामा चड्कन हानेको छिनालले प्रहरीका दर्ता गरेको जाहेरीमा उल्लेख छ । ‘यहाँबाट जान मिल्दैन, हामीलाई यहाँबाट पब्लिक नछिराउनु भन्ने आदेश छ भनेपछि मलाई उनले एक्कासी थप्पड हानिन्,’ छिनालको भनेका छन् ।

छिनालले पहिलो थप्पड खाएपछि थापाले पुनः अर्को थप्पड हान्न लाग्दा प्रतिरक्षाको क्रममा धकेल्दा नङले थापाको गालामा लागेको समेत जाहेरीमा उल्लेख गरेका छन् ।

यता काठमाडौं जिल्ला अदालत बारका उपाध्यक्ष पुरुषोत्तम अधिकारीले घटनाको सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनका माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कानुन व्यवसायीमाथि भएको कुटपिटको यसप्रकारको घटनालाई वास्तविक तथ्यभन्दा फरक तरिकाले अतिरञ्जित गरी घटनाको वास्तविक तथ्यलाई नलुकाउन माग गर्दै सबै कानुन व्यवसायीलाई कानुन व्यवसायीको न्यायका निम्ति एकजुट हुन अनुरोध गरेका छन् ।

उनले आफ्नो जाहेरी दर्ता गर्न नमानेको बताएकी छन् । फेसबुक लाइभमा थापाले आफ्नो स्वाभिमानमाथि प्रहार भएको भन्दै यसको कानुनी उपचार खोज्ने बताएकी छन् । ‘म फाइटर लेडी हो लड्छु नै, अन्याय सहने मेरो संस्कारमा पनि छैन । पनि स्वभावमा छैन,’ मेरो गालामा मात्र होइन, मर्यादामा हानेको मुक्का विरुद्ध लड्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =