लुम्बिनीमा नयाँ सरकार गठनको पहल, एमालेले लेख्यो पत्र

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि पहल सुरु भएको छ ।

नेकपा एमालेले माओवादी नेतृत्वमा बनेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र एमालेका सबै मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ सरकार गठनको पहल सुरु भएको हो ।

जसअन्तर्गत एमालेले प्रदेश प्रमुखलाई पत्र लेखेको छ । नयाँ सरकार गठनको प्रक्रिया थाल्न भन्दै एमालेले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको हो ।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको र एमालेका सबै मन्त्रीले राजीनामा दिएको अवस्थामा नयाँ सरकार गठन हुनुपर्ने बताए ।

अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =