मुकुल ढकालको प्रतिवेदन– रविलाई भेट्नुभन्दा मोदीलाई भेट्न सजिलो छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछानेलाई भेट्नुभन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको टिप्पणी गरेका छन् ।
३२ पेज लामो समीक्षा यात्रामा तयार पारेको प्रतिवेदनमा उनले सभापतिलाई भन्दा मोदीलाई भेट्न सजिलो रहेको उल्लेख गरेका छन् ।
‘सभापतिसँग भेट्नुभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ,’ उनले लेखेका छन् ।
जनताले सभापतिमाथि प्रश्न उठाएको बताउँदै उनले रविमा त्यागको भावना छैन भन्ने सन्देश गएको बताएका छन् । उनले ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ? भन्दै प्रश्न समेत गरेका छन् ।
ढकालले रास्वपामा ग्यालेक्सी टिम धेरै भएकोमा पनि प्रश्न उठाएका छन् । उनले पार्टीमा ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसेकेको हो ? भन्दै प्रश्न गरेका छन् ।
पार्टीमा देखिएको विवादमा ढकालले कडा आलोचनासहित प्रतिवेदन तयार पारेका छन् ।








