राजनीति नै छोड देशको हित हुन्छ भने पनि छोडिदिन्छु : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले राजनीति छोड्न तयार रहेको बताएका छन् ।

उनले आफ्नो प्रतिवेदनमा देशको हित हुने भए राजनीति नै छोड्न तयार हरेको बताएका छन् ।

उनले यति मात्रै होइन, देश नै छोडेर जा, देशको हित हुन्छ भने पनि देश छोड्न तयार रहेको बताएका छन् ।

‘देश छोडेर जा, देशको हित हुन्छ भन्नुहुन्छ भने पनि गइदिन्छु । राजनीति छोड् देशको हित हुन्छ भने पनि छोडिदिन्छु,’उनले लेखेका छन्,‘देशको हितमा कुन ठाउँमा हुँदा ठिक हुन्छु, मैले के गर्दा ठिक हुन्छ, तपाईँहरू भनिदिनुहोस् ।’

पार्टीमा देखिएको विवादमा ढकालले कडा आलोचनासहित प्रतिवेदन तयार पारेका छन् । उनको प्रतिवेदन आजको केन्द्रीय समिति बैठकमा पेस गर्ने कार्यसूची थियो । तर, पार्टी सभापति रवि लामिछानेले उक्त प्रतिवेदन पेस नै गर्न दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =