नेकपा एसमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दसाैँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनमा देशभरबाट १ हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् ।

ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

आइतबार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =