कांग्रेस–एमालेको सरकार बन्नु लोकतन्त्रका निम्ति खतरा : नेकपा एस
२०८१ असार १८ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस–एमालेको सरकार बन्नु लोकतन्त्रका निम्ति खतरा रहेको बताएको छ ।
प्रारम्भिक प्रक्रिया दिँदै नेकपा एसले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएको हो ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेका हुन् ।
‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम हो,’उनले भने, ‘दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ ।’
सत्ता सम्झौतालाई लिएर संविधानको मर्म विपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए ।
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








