रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा खस्यो

काठमाडौं । रामेछापको लिखु तामाकोसीमा बस दुर्घटना भएको छ । काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस शुक्रबार बिहान लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । बसमा २५ जना सवार रहेको बताइएको छ ।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =