नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन
२०८१ असार १२ गते

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् ।
सम्मानित नेता झलनाथ खनालको समर्थनमा उनी अध्यक्षका लागि उम्मेदवारी दिन लागेका हुन् ।
नेता खनालले नेकपा एसको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्यामलाई समर्थन गर्ने सहमति भइसकेको छ ।
बुधवार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा दुई नेताहरू मिलेर जाने सहमति भएको बुझिएको छ ।
नेकपा एसको महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।
२०८१ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








