‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस

काठमाडौँ । ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस भएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ राष्ट्रिय सभामा पेस गरेका हुन् ।

विधेयक पेस गर्दै शिक्षामन्त्री श्रेष्ठले नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र स्वास्थ्यको विधामा उच्चस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्न आवश्यक रहेको बताए ।

आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नुपर्ने भएको र यस क्षेत्रमा गुणस्तरीय अध्ययन, अध्यापन, अनुसन्धान गर्न आँखा स्वास्थ्य सेवाको पहुँच बिस्तार गरी स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =