निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई

सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला निरौलाले पाएकी छन्।

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।

प्रधानमन्त्री कार्यालयकै सचिवहरु मध्येकी वरिष्ठ गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन्।

कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ।

गड्तौला प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत थिइन्। २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी उनी २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्।

२०७७ कात्तिक २७ गतेदेखि सचिव छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =