प्रदीप पौडेलको दाबी- ‘नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित छ’

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक रहेको बताए । उनले नयाँ आएको राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभई आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जिकिर गरे ।

उनले नयाँ आएको राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए । उनले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र नयाँ पार्टी रहेको बताए । नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुनु नहुने पनि बताए । काँग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताए ।

उनले भने ‘नेपालको राजनीतिमा काँग्रेससँग कुनैपनि राजनीतिक दलको तुलना हुन सक्दैन । आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ । नयाँ आएको पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ । नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेनछ । त्यसैले सम्पूर्ण रुपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र पार्टी रहेको, नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुनु हुँदैन । त्यसकारण हामीले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुनेगरी आफूलाई अघि बढाउन सक्नुपर्छ ।’

सांसद पौडेलले नेपाली काँग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *